

२ घण्टा पहिले
सरकारले सामाजिक सुरक्षाबारे नयाँ अभियान चलाउने भएको छ।
सक्षम व्यक्तिहरूले सामाजिक सुरक्षा लिन छाड्ने अभियान चलाउन लागिएको हो।सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने तयारी सरकारको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बजेट पेस गर्दै भने, ‘आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं।’
नेपाल सरकारले लक्षित वर्गहरु ७० वर्ष पुगेका ज्येष्ठ नागरिक लाई रु. ४,००० (थप उपचार खर्च सहित),दलित तथा कर्णालीका ज्येष्ठ नागरिक (६० वर्ष माथि)लाई रु. २,६६०,एकल महिला र विधवा भत्ता रु. २,६६०, पूर्ण अपाङ्गता (रातो परिचयपत्र)लाई रु. ३,९९०, अति अशक्त अपाङ्गता (निलो परिचयपत्र): रु. २,१२८,लोपोन्मुख आदिवासी/जनजातिलाई रु. ३,९९०बालबालिका (दलित तथा तोकिएका क्षेत्रका)लाई ५३२ रुपैयाँ आर्थिक सहायता स्वरुप सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।
सरकारले यसपटकक सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरेको छैन।