

४ घण्टा पहिले
आज अप्रिल १ तारिख बोलीचालीमा भन्नुपर्दा मूर्ख दिवस । साथीभाइ तथा परिवारका सदस्यहरुलाई पनि झुक्याएर रमाइलो गर्ने गरिन्छ ।
यसको शुरुवात कसरी भयो भन्ने विषयमा धेरै किंवदन्तीहरु छन् । जसमध्य सबैभन्दा विश्वसनीय भनेको मार्च २५ देखि अप्रिल १ को बिच मनाउँदै आएको नयाँ वर्षलाई सन १५८२ बाट जनवरी १ मा मनाउन थाले । तर कतिपय सम्म यो जानकारी पुगेन र तिनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाएको देखेपछि तिनीहरुले मुर्खको संज्ञा दिँदै अप्रिल फुल भन्न थाले । यसरी अप्रिल १ मूर्ख दिवसका रुपमा रहन गयो ।
यसरी मूर्ख बनाउने क्रममा ठूलै समुहलाई मूर्ख बनाउँदै सबैभन्दा ठूलो अप्रिल फुलका रुपमा सन १९५७ को अप्रिल १ मा बिबिसी विश्व सेवाले प्रसारण गरेको ३ मिनेटको कार्यक्रमलाई लिने गरिन्छ । अप्रिल १ को बिहानै प्रसारण भएको यो कार्यक्रममा दक्षिण स्विटजरल्याण्ड बस्ने एउटा परिवारले आफ्नो वारीमा लटरम्म झरिरहेको स्पागेट्टी (एक प्रकारको चाउचाउ) टिपेर बाहिर सुकाएर पकाएर खाएको देखाइएको थियो । त्यतिबेला सम्म स्पागेट्टी बेलायतीहरुले त्यति खादैनथे । त्यसैले उनिहरुलाई गहुँको पिठोबाट स्पागेट्टी बनाइन्छ भन्ने थाहा थिएन । तसर्थ धेरैले पट्याए र बिबिसीलाई फोन गरेर स्पागेट्टीको बोटको विषयमा सोधखोज गरे । त्यो समय ८० लाख बेलायतीहरुले यो प्रसारण हेरेको अनुमान गरिएको थियो ।