× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनदेखि आँबुखैरेनीसम्म त्रिशूली र मर्स्याङ्‍दीको वारिपारि समानान्तर सडक बन्ने

    २ महिना पहिले

    मुग्लिन-सरकारले मुग्लिन-पोखरा सडक खण्डमा त्रिशूली नदीको पारीपटी नयाँ सडक खोल्ने भएको छ। मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर सडक बन्ने भएको हो।

    मुग्लिन बजारको पारीपटी त्रिशूली किनारमा गोखरातर्फ सडकको रेखांकन गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ। ‘मुग्लिन बजारको पारिपट्टी गोरखातर्फका त्रिशुली किनारदेखि मर्स्याङ्दी नदीको बायाँ किनारा हुँदै मर्स्याङ्दी विद्युत गृहको पारिपट्टीसम्म थप सडकको रेखाङ्‌कन गरी उक्त सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर १५–१५ मिटर गरी जम्मा ३० मिटर सडकको सीमा तोक्ने निर्णय गरिएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर रामहरि पोखरेलले मुग्लिन र मर्स्याङ्दी विद्युत गृह कटेसँगै पुल निर्माण हुने बताए। उनले अहिले भइरहेको सडक विस्तार गर्न प्राविधिक अप्ठेरो रहेकाले मर्स्याङ्‍दी पारी पुल निर्माण गर्न लागिएको जानकारी दिए।

    एशियाली विकास बैंकको ऋणमा करिब ४ किमी सडक निर्माण हुनेछ। मर्स्याङ्‍दी वारी र पारी २–२ लेनका सडक निर्माण हुनेछन्। मुग्लिनदेखि आँबुखैरेनीसम्मै मर्स्याङ्‍दी पारी सडक बनाउने चर्चा भए पनि मर्स्याङ्‍दीको पावर हाउससम्म मात्रै निर्माण गरिने भएको हो।