

३ महिना पहिले
मुग्लिन-इच्छाकामना गाउँपालिकाको चुम्लिङटारदेखि मोवाखोला र गोर्खाको गोर्दी भूम्लिचोक सम्म थप ५ दिनसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवन अन्तर्गत फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार सडक निर्माणको लागि पृथ्वी राजमार्गको चुम्लिङटारदेखि मोवाखोलासम्मको पोलहरू सार्न २०८२ पुष ४ गतेदेखि २०८२ पुष ८ गते सम्म बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म दैनिक ९ घण्टा मुग्लिङ फिडर अन्तर्गत चुम्लिङ्टार देखि मोवाखोला , इच्छाकामना मन्दिर आसपास र गोर्खाको गोर्दी भुम्लिचोक आसपासमा विद्युत अवरोध हुने भने तापनि पोल सार्ने काम पुरा नभएकोले थप पाँच दिन पुष ९ गते देखि पुष १३ गतेसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुनेछ।
अधिकारीका अनुसार निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा छिटो सुचारु हुने समेत जनाइएको छ।