× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाको चुम्लिङटार देखि मोवाखोला सम्म दैनिक ९ घण्टा विधुत अवरुद्ध हुने

    ३ महिना पहिले

    मुग्लिन-इच्छाकामना गाउँपालिकाको चुम्लिङटारदेखि मोवाखोला र गोर्खाको गोर्दी भूम्लिचोक सम्म भोलि चार दिन दिनसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवन अन्तर्गत फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार सडक निर्माणको लागि पृथ्वी राजमार्गको चुम्लिङटारदेखि मोवाखोलासम्मको पोलहरू सार्नुपर्ने भएकोले भोलि मिति २०८२ पुष ४ गतेदेखि २०८२ पुष ८ गते सम्म बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म दैनिक ९ घण्टा मुग्लिङ फिडर अन्तर्गत चुम्लिङ्टार देखि मोवाखोला , इच्छाकामना मन्दिर आसपास र गोर्खाको गोर्दी भुम्लिचोक आसपासमा विद्युत अवरोध हुनेछ।

    अधिकारीका अनुसार निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा छिटो सुचारु हुने समेत जनाइएको छ।