× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बकर इदको अवसरमा बिहिबार सार्वजनिक विदा

    ११ असार २०८०, मंगलवार

    ११ असार २०८०, मंगलवार

    असार-१२, सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व इदका दिन पर्सि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    सूचनामा भनिएको छ,- ‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’