× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक अन्तरदेशीय उडान सुरु

    ७ आश्विन २०८३, बिहीबार

    ७ आश्विन २०८३, बिहीबार

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु भएको छ। फ्लाई दुबईले दुबई—पोखरा, पोखरा—दुबई दैनिक नियमित व्यावसायिक उडान सुरु गरेको हो।

    पोखरा विमानस्थलमा बुधबार साँझ ६:१५ बजे फ्लाई दुबईको जहाज अवतरण हुँदा पानीको फोहोराले स्वागत गरिएको थियो। दुबईबाट आउँदा १ सय १३ जना यात्रु लिएर पोखरा आएको फ्लाई दुबईको जहाजले दुबई उडान हुँदा १ सय ५३ जना यात्रु लिएर उडेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले बताएका छन्।

    पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसायी उत्साहित भएका छन्।

    फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको छ। पोखरा दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ।