× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ३९ करोड रुपैयाँ भन्दा बढि हुने

    ३ वर्ष पहिले

    जेठ-१७, चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय सरकारबाट ३९ करोड रुपैयाँ भन्दा बढि बजेट पाउने भएको छ ।

    सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनको इच्छाकामना गाउपलिकाले ३९ करोड ९ लाख रुपैयाँ अनुदान पाउने भएको हो । जसमा ९ करोड ८७ लाख समानीकरण, २६ करोड ७ लाख सशर्त, १ करोड ५० लाख विशेष र १ करोड ६५ लाख रुपैयाँ समपुरक अनुदान रहेको छ ।

    इच्छाकामना गाउँपालिकाले आगामी वर्षको लागि पाएको बजेट चालु आर्थिक वर्षमा भन्दा ९१ लाख रुपैयाँ बढि हो । यतिबेला संघिय सरकारले सबै स्थानीय तहलाई पठाउने बजेट घटाइरहेको अवस्थामा इच्छाकामनाले भने थोरै मात्र भएपनि बढि बजेट प्राप्त गर्न सफल भएको छ।

    आर्थिक वर्ष ७९।८० मा इच्छाकामना गाउपालिकाले ३८ करोड बजेट पाएको थियो।