× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार हुने कांग्रेसका नेता शेखर कोइरालाको प्रतिक्रिया

    ३ वर्ष पहिले

    बैशाख-१४,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार हुनै नसक्ने प्रतिक्रिया दिएका छन्।

    बिहीबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सरकारी कर्मचारीलाई तलब खुवाउन र पूर्व शिक्षकलाई पेन्सन दिन समेत नसक्ने अवस्था भएका वेला पूर्वलडाकुको नाममा पैसा बाँड्ने काम गलत भएको बताएका हुन्।

    माओवादीले विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नससकेको भन्दै उनले सरकारको यस्तो कार्यको विरोध गर्न उनले आग्रह गरेका छन्। ‘उनीहरूलाई पैसा होइन रोजगारी दिऊँ’, उनले लेखेका छन्।

    गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको थियो। कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ। लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ। जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ।

    यही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ।