× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन, स्थानीयको अबरोध

    ३ वर्ष पहिले

    चैत्र-२४, काठमाडौंको तीनकुने गैरीगाउँ वाग्मती किनारका सुकुम्बासी हटाउन महानगरपालिका र नेपाल प्रहरी परिचालन भएको छ।

    काठमाडौं महानगरपालिकाको पहलमा प्रहरी बस्तीमा पुगेको हो। तर, त्यहाँ बस्दै आएका बासिन्दाले अवरोध गरेपछि परिचालित सुरक्षाकर्मीले बस्ती हटाउन सकेका छैनन्।

    बाक्लो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीलाई सुकुम्बासी बस्ती छिर्ने बाटोमा नै अवरोध गरिएको छ। विरोधमा उत्रिएकाहरु नाराबाजी गरिरहेका छन्। साथै उनीहरुले सडकमा टायर बालेर विरोध गरिरहेका छन्।

    यसपटक काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी भने परिचालन भएका छैनन्। थापाथलीमा यस्तै बस्ती हटाउन भने महानगरका प्रहरी नै परिचालित भएका थिए। त्यहाँ पनि उनीहरुमाथि आक्रमण भएको थियो।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सुकुम्बासी हटाउने योजना अगाडि सारे पनि विरोध र अवरोधको कारण कार्यान्वयन गर्न सकेका छैनन्। साहले सुरक्षाकर्मी पर्याप्त नहुँदा बस्ती हटाउन नसकेको भन्दै गृह मन्त्रालयसँग सुरक्षाकर्मी माग गरेका थिए।