× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युडको भूकम्प

    ३ वर्ष पहिले

    चैत्र-१८, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर बिहान ११ः२७ बजे ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

    दोलखासँगै आसपासका ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट भएको क्षतिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले दोलखाले जनाएको छ।

    पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ।यसअघि गत चैत १४ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    त्यस्तै, चैत १२ मा बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।