× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारले ‘मिटर ब्याज’मा रकम असुली गर्नेलाई अपराध घोषणा गर्ने, कानून संशाेधनको तयारी

    १३ चैत्र २०७९, मंगलवार

    १३ चैत्र २०७९, मंगलवार

    चैत्र-१४, सरकारले मिटर ब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने भएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटर ब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने निर्णय गरेको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

    मिटर ब्याज पीडितहरुले फेरि सडकमा निस्केर आन्दोलन चर्काएपछि मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समस्या समाधानका लागि मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्ने निर्णय गरेको हो।