× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नागढुंगा-नौबिसे मलेखु सडक दैनिक ५ घण्टा बन्द हुने

    ३ महिना पहिले

    मंसिर-२२, नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

    नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो ।

    आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ ।

    अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।