× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • कृषि

    सरकारले दूधको मूल्य प्रतिलिटर ९.२ रुपैयाँले बढायो

    ३ वर्ष पहिले

    फागुन -२०, सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मूल्य बढाएको हो। प्रतिलिटर ९.२ रुपैयाँ मूल्य बढाइएको हो।

    दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गरेको थियो। त्यसैको आधारमा सरकारले मूल्य बढाएको हो।

    ‘पहिले ५६ दशमलव ४ रुपैयाँ थियो अहिले ६५ दशमलव ६ रुपैयाँ बनाएका छौं,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्।

    दैनिक ३१ लाख लिटर दूध उत्पादन हुने भए पनि पछिल्लो समय २५ लाख लिटरभन्दा कम उत्पादन भएको एशोसिएसनले जिकिर गरेको छ। एशोसिएसनले दूधको आन्तरिक उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध छ।