× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बसन्तपुरमा चीर ठड्याएसँगै आजदेखि मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु

    ३ वर्ष पहिले

    फागुन -१५, काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ।

    रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

    चीर ठड्याएसँगै (आज) सोमबारदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

    चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। त्रेता युगदेखि नै चलिआएको होली चीरको विशेष महत्व रहेको बताइन्छ।

    फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ।