

८ फाल्गुन २०७९, मंगलवार
फागुन-९, ‘मानवताका लागि सेवा’ गरेबापत नेपालका ख्यातिप्राप्त नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले इशा अवार्ड प्रदान गरेका छ। त्यहाँका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका हुन्।
मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो।
त्यहाँका राजाले आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुई वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति\संस्थालाई प्रदान गरिँदै आएको छ।