

३ वर्ष पहिले
पुस-१७, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ।
अघिल्लो शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियोे।