× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय दलको नेतामा चयन

    ३ पुष २०७९, सोमबार

    ३ पुष २०७९, सोमबार

    पुस-४, जनमत पार्टी अध्यक्ष डा. सीके राउत संसदीय दलको नेतामा चयन भएका छन्।

    काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।

    जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न यतिबेला बैठक बसिरहेको छ। जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपातिक प्रणालीबाट चयन भएका हुन्।