× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन

    ३ वर्ष पहिले

    पुस-४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्।

    बुढानिलकण्ठस्थित होटल पबेरा हेरिटेजमा आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

    केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गरेको जानकारी दिए। रास्वपाबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गर्दैछन्।