

३ वर्ष पहिले
मंसिर-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार २ सय २७ जना पुगेको छ ।
२४ घण्टामा ४ सय १८ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ८३ हजार १ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ७ सय ८१ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ६६ हजार ९ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ८ सय ९५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ जना रहेको छ।