

३ वर्ष पहिले
कार्तिक-२५,आज (शुक्रबार) सुन तथा चाँदीको भाउ बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर छापावाला सुन ९६ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रूपैयाँ कायम भएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।