

२१ कार्तिक २०७९, मंगलवार
कार्तिक-२२, आज, मंगलबार (कात्तिक शुक्ल पूर्णिमाका दिन) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो।
साँझ ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ।
बेलुकी ५:२७ बजे ग्रहणको उन्मिलन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। बेलुकी ६:३४ बजे ग्रहण सकिनेछ।
यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ। नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।
एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ। चन्द्र ग्रहणको ९ घण्टा अघिदेखि ‘सुतक’ लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।