

१५ कार्तिक २०७९, बुधबार
कार्तिक-१६, गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा कार्तिक १७ गते बेलुका देखि भब्य एकादशीको त्रिवेणी मेला महोत्सव हुने भएको छ ।

हरेक बर्ष हरिबोधनी एकादशीको अघिल्लो रात मुग्लिन पारी गोरखामा हुने मेला यस पटक फरक तर भब्य किसिमले मेला हुने त्रिवेणी भगवती धार्मिक तथा पर्यटकिय स्थल विकास व्यवस्थापन समितिका अध्यक्ष सूर्य गुरुङले बताउनुभयो ।
मर्स्याङ्दी र त्रिशुली नदीको संगमस्थलमा रहेको त्रिवेणी भगवती मन्दिर परिसरमा यस पटक विशेष मेला लाग्ने उनले बताए । ‘मन्दिर परिसर एवं त्रिशुली नदी किनारमा फुलको डोली तोरण टाँगिनेछ’, उनले भने, ‘भक्तजनहरुपनि फुलको डोली लिएर आउँछन् ।’ १७ गते बेलुकीदेखि बत्ती बाल्ने, पुजापाठ गर्ने र पञ्चेबाजा बजाएर तोरण टाँगिने उनले बताए । रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न त्यहाँ पुग्ने गर्छन ।

‘श्री त्रिवेणी भगवती माताको मन्दिर पुनर्निर्माणको उद्देश्यले कार्तिक १२ गतेदेखि शुरु भएको श्रीमद्भागवत् कथा वाचन कार्तिक १८ गतेसम्म चलिरहने र कार्तिक १७ गते बेलुका देखि रातभर मेला लाग्ने र मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति हुनु का साथै बिबिध प्रतियोगितात्मक कार्यक्रम हुने छ।’ गुरुङले बताए।