× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक

    २९ आश्विन २०७९, आईतवार

    २९ आश्विन २०७९, आईतवार

    असोज-३०,निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११०, प्रतिनिधि सभा सदस्यका लागि एउटा र बाँकी सात प्रदेश अलग-अलग वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो।

    प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनको लागि मतपत्र वास्तविक नमुना

    निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए ।

    यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरुले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए ।

    प्रदेशअनुसार समानुपातिक निर्वाचनको लागि मतपत्रको वास्तविक नमुना हेर्नुहोस्- ।

    सम्बन्धित शीर्षकहरु