

४ वर्ष पहिले
असोज-२४, आज (सोमबार) सुन तथा चाँदीको भाउ घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेर छापावाला सुन ९५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९६ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर १२ सय ३० रूपैयाँ कायम भएको छ।
अघिल्लो दिनपनि चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा नै कारोबार भएको थियोे।