

११ आश्विन २०७९, बुधबार
असोज-१२, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा इच्छाकामना-५ मुग्लिनको बुधबार सम्पन्न तेस्रो अधिवेशन तथा ९ औं साधारणसभाले खुमप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शाखाको उपाध्यक्षमा किशोरी गुरुङ, सचिवमा विष्णु कुवर, कोषाध्यक्षमा सिर्जना देवकोटा, सहसचिवमा हरि नेपाल र सदस्यहरुमा जयलाल श्रेष्ठ, दुर्गामाया पाण्डे, इस्लामदिन मियाँ, साबित्री खनाल र नवराज सिलवाल चयन हुनुभएको छ ।

प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले ब्यानर पढेर उद्घाटन गर्नु भएको अधिवेशनमा वरिष्ठ अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल रहनु भएको थियो।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष खुमप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अतिथिको रुपमा वडा अध्यक्ष तेजबहादुर शेरचन, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुन्जित तामाङ, निवर्तमान गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, निवर्तमान उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, निवर्तमान वडाध्यक्ष मोदराज सिलवाल, नेकपा एमाले इच्छाकामना गाउँ कमिटीका अध्यक्ष कृष्ण सिलवाल, महिला नेतृ जुना राजभण्डारीले,इच्छाकामना होटल व्यवसायी सङ्घका अध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत सेवा केन्द्रका आजिवन सदस्य एवं सदस्यहरु उपस्थित रहेका थिए।