

२८ श्रावण २०७९, आईतवार
साउन-२९, तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित प्रसिद्ध छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ।
मन्दिर वरपर रहेको परेवा मर्न थालेपछि छाब्दी बाराही विकास कोष तनहुँले अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट मन्दिर परिसरमा रहेकाे परेवासमेतमा रोग फैलिएर मर्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निर्णय गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए।
कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए।