

४ वर्ष पहिले
साउन-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३५ हजार ६ सय ८२ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ८ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ३८ हजार ४ सय ९३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ४ सय ८९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ३६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १ हजार ७ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७७ जना रहेको छ।
२४ घण्टामा ४ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७२ हजार ९ सय ६७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४७ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।