× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खोटाङमा ६ म्याग्नीच्युडको भूकम्प, केही घरमा क्षति

    १४ श्रावण २०७९, आईतवार

    १४ श्रावण २०७९, आईतवार

    साउन-१५, खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ म्याग्नीच्युडको भूकम्पबाट केही घरमा क्षति पुगेको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको थियो।

    साकेला-५ का वडाध्यक्ष जीवन न्यौपाने अनुसार‚ मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको छ। हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताइन्।

    यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले जानकारी दिएको छ।

    प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको बताए। क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।भूकम्पका कारण स्थानीयवासी अत्तालिँदै घरबाहिर निस्किएका थिए।

    सम्बन्धित शीर्षकहरु