× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुख्खा पहिरोका कारण अबरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खुल्यो, दुइतर्फी यातायात सञ्चालन

    ३ असार २०७९, शनिबार

    ३ असार २०७९, शनिबार

    असार-४, मुग्लिङ। पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

    चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ कालीखोला नजिकै टोपे खोलामा विहान ११:०० बजे खसेको ठुलो सुख्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्गमा सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरको मदतले ५:३० बजे पहिरो पन्छाएपछि दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो।

    वर्षायाममा पर्ने ठुलो पानीले पटकपटक पहिरो झरेर हैरानी खेप्नुपरेको सो स्थानमा एकातिर बर्षा पछि घाम लाग्दा समेत पहिरोे खस्दा यात्रुले कष्ट भोग्नु परेको छ भने बाटो खुलिसकेपछि पनि सवारी चालकको लापर्वाहीका जस्तै दोहोरो पार्किङ, गलत लेनमा सवारी साधन राख्नाले यातायात सञ्चालनमा हुने कठिनाईले यात्रा पिडादायक हुने गरेको छ।