× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    ४ वर्ष पहिले

    जेठ-२७, सरकारले पेट्रोल तथा डिजलको मुल्य ८ रूपैयाँ र मट्टीतेलको मूल्य १२ रूपैयाँ बढाएको छ ।

    जेठ २६ गते बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल र डिजेल तथा मट्टीतेलमा भाउ बढाएको भएतापनि खाना पकाउने ग्यासको भने मूल्य यथावत, १८ सय रूपैयाँ नै छ।

    त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ।मूल्य समायोजन गर्दा पनि घाटा भएको भन्दै निगमले भाउ बढाएको हो।

    निगमका अनुसार नयाँ मूल्यअनुसार पनि आगामी १५ दिनमा करिब तीन अर्ब १ करोड ४२ लाख रूपैयाँ घाटा हुन्छ । पेट्रोलमा प्रतिलिटर २४.७९ रूपैयाँ र डिजेलमा १८.०१ रूपैयाँ घाटा छ।

    यसैगरि, प्रतिसिलिन्डर १८०० मा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने निगमको दावी जनाएको छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।

    निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको १७.०१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १७.३४ रूपैयाँ र बाह्यतर्फ ६४.५५ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

    केहि दिन अघि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करमा १० रूपैयाँ हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि भाउ कम भएको थियो ।