× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरे

    ४ वर्ष पहिले

    जेठ-२५, भारतको उत्तरप्रदेशस्थित लखनऊमा पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् ।

    उनी आमाको हत्यापछि तीन दिनसम्म घरमै बसेका थिए। र, बुवालाई फोनमार्फत जानकारी दिएको भारतीय संचारमाध्यमले जनाएको छ। उनका बुवा वाराणसीका नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन्। नवीन पश्चिम बंगालमा कार्यरत थिए।

    उनले घरमा १० वर्षीया बहिनी रहेको र उनलाई पनि धम्की दिएर राखेको पाइएको प्रहरीले जनाएको छ। बुवालाई जानकारी दिएपछि उनको घरमा प्रहरी पुगेका थिए। उत्तर प्रदेशस्थित लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा यो परिवारको बसाइ थियो। नवीनकुमारकी श्रीमती ४० वर्षीया साधाना हुन्।

    शनिवार घटना भएको र मंगलवार रातिमात्र ती किशोरले भिडियो कल गरी बुवालाई हत्याबारे जानकारी दिएका हुन्। उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए। तुरुन्तै नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेको थियो। त्यहाँको हालत देखेर प्रहरी र नवीनका नातेदार चकित परेका थिए।

    भारतीय प्रहरीको अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर आमाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरिदिए । त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए ।

    प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन्। शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ।

    भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन भन्ने यही घटनाबाट प्रमाणित भएको छ। अरु नै ब्राउजर प्रयोग गरेर धेरैले पब्जी खेल्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। एपिके फाइललाई फोनमा डाउनलोड गरेपछि सजिलैसँग पब्जी खेल्न सकिन्छ। हालै यही प्रविधि प्रयोग गरी मध्यप्रदेशमा पब्जी खेल खेलेको खुलासा भएको थियो।