

४ वर्ष पहिले
जेठ-२३, सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ ।
यसअघि सरकारले जेठ १ गतेबाट हप्तामा दुई दिन शनिबार र आईतबार बिदा दिने निर्णय गरेको थियो।