× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालको प्रदेश १ मा मनसुनको आगमन,अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने

    २१ जेष्ठ २०७९, आईतवार

    २१ जेष्ठ २०७९, आईतवार

    जेठ-२२, यस वर्षको मनसुन आज(आइतबार) देखि नेपालको प्रदेश १ मा आगमन भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको हो।

    विभागका अनुसार मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।

    यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’

    यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने हुँदा सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।

    सम्बन्धित शीर्षकहरु