× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मौन अवधिमा सामाजिक सञ्जाल चुनाव प्रचार प्रसार गर्न नपाउने, त्यस अघि आचार संहिता विपरीतको पोष्ट पनि हटाउनु पर्ने

    ४ वर्ष पहिले

    बैशाख-२७, निर्वाचन आयोगले आज (मङ्गलबार) राति १२ बजेदेखि शुरु हुने मौन अवधिपछि चुनाव प्रचार प्रसार सम्बन्धी पोस्ट सामाजिक सञ्जालमा बुस्ट गर्न र त्यस सम्बन्धी बल्क एसएमएस पठाउन रोक लगाएको छ ।आयोगले मौन अवधि सुरु भएपछि यस्ता गतिविधि गर्न नपाइने भन्दै सम्बन्धित सबैलाई स्पष्ट पारेको हो ।

    मौन अवधिको समयमा उम्मेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालमा स्पोन्सर पोस्ट हुनसक्ने विषयप्रति आयोगले गम्भिर चासो व्यक्त गरेको छ । यति मात्र होइन, सबै उम्मेदवार तथा फ्यानहरूलाई मौन अवधि सुरु हुनु अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचार संहिता विपरीतका तस्वीर तथा पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न भन्दै आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

    साथै स्थानीय निर्वाचनको मौन अवधिमा विभिन्न टेलिकम सेवाप्रदायक मार्फत भ्यालु एडेड सर्भिस (भास) सेवामार्फत कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको बल्क एसएमएस सेवा सम्बन्धी काम नगर्न समेत आयोगले प्राधिकरणमार्फत सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ ।