× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नयाँ शैक्षिक सत्र जेठ १ बाट सुरू हुने

    ४ वर्ष पहिले

    फागुन-४, सरकारले आगामी नयाँ शैक्षिक सत्रको पठन–पाठन जेठ १ गतेबाट सुरू गर्ने निर्णय गरेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत मसान्तसम्म विद्यार्थीहरूको पठन-पाठनलाई निरन्तरता दिई वैशाखमा परीक्षा तथा भर्ना गर्ने र जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

    वैशाखमा स्थानीय तहको चुनाव भएका कारण उक्त समयमा विद्यार्थीहरूको पठन–पाठन प्रभावित हुने भएकाले जेठदेखि सुरू गर्ने निर्णय भएकाे मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए।

    यस अघि चैतमा परीक्षा र १ वैशाखदेखि पढाइ हुँदै आएको थियो।