× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको इच्छाकामना र गोरखाको लखन थापा गाँउपालिका वरपर पुष २६ गते विद्युत सेवा अवरुद्ध हुने

    २४ पुष २०७८, आईतवार

    २४ पुष २०७८, आईतवार

    पुष-२५, चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर पुष २६ गते सोमबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिकाको केबलकार, कुरिनटार देखि मोबाखोला सम्मका जिर्ण भएका पोल परिवर्तन तथा मर्मत कार्य गर्ने भएको हुदाँ भोलि पुष २६ गते बिहान ८:०० बजे देखि दिउँसो ३:०० बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ।

    मुग्लिङ फिडर अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका केवलकार, कुरिनटार, लेवाटार, चुम्लिङ फिस्लिङ र मोवाखोला तथा गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत भुम्लिचोक, मकैसिंग क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाएको छ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने समेत अधिकारीले पनि जनाएको छ।

    सम्बन्धित शीर्षकहरु