× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    श्रीप्रसाद श्रेष्ठ एमाले तनहुँको अध्यक्षमा सर्वसम्मत,अन्य पदमा मतदान हुने

    २४ पुष २०७८, आईतवार

    २४ पुष २०७८, आईतवार

    पुष-२५, नेकपा एमाले तनहुँको नवौं अधिवेशनबाट श्रीप्रसाद श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताको क्रममा श्रेष्ठको मात्र उम्मेदरी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन्।

    उनी यसअघि उपाध्यक्ष रहेका थिए यसैबीच अध्यक्ष बाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ जसअनुसार उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा, मोहन सुनुवार को उम्मेदवारी दर्ता भएको छ।

    यस्तै सचिवमा विष्णुभक्त सिग्देल राजेश्वर ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने उपसचिवमा प्रदिपपरस अधिकारी, खिम कुमाल देवु विष्टको उम्मेदवारी परेको छ।

    आइतबार बिहान दाबी विरोध, उम्मेदवारी फिर्ताको समय तोकेको छ यदि समयभित्र उम्मेद्वारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।

    सम्बन्धित शीर्षकहरु