× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस

    ४ वर्ष पहिले

    मंसिर-९, आज नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस “orange the world: End violence against Women “भन्ने नाराका साथ विश्वभर मनाइदै छ।

    आजभन्दा झण्डै ६३ वर्षअघि ल्याटिन अमेरिकी देश डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी (पेेटि्रिया,मिनर्मी र मारिया)को तत्कालीन निरंकुश राणा सरकारले निर्मम हत्या गरेको थियो। त्यसको विरोधमा त्यहाँको जनताले नोभेम्बर २५ को दिनलाई लिङ्गका आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसको रुपमा मनाउन थालेका हुन् ।

    पछि त्यसलाई सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रको महासभाले २५ नोभेम्बर लाई अन्तर्राष्ट्रिय महिला हिँसा विरुद्ध दिवसको रुपमा मनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो। त्यस एकता हरेक वर्षको २५ नोभेम्बर लाई विश्वभर महिला हिंसा हिंसाविरुद्ध दिवसको रुपमा मनाउने गरिन्छ।

    नेपालमा पनि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म महिला हिंसा हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ।नेपालमा यो १६ दिन विभिन्न संघसंस्था तथा संघ, प्रदेश र स्थानीय सरकारले गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ ।