

४ मंसिर २०७८, आईतवार
मंसिर-५, सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
हिजो शनिबारसम्म १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै लगाइएको फाइजर खोप आजदेखि सर्वसाधारण बालबालिकालाई दिन थालिएकाे हो ।खोपको मात्रामा थोरै रहेकाले पहिलो आउने मानिसलाई प्राथमिकतामा राखेर खोप दिइने स्वास्थ्य सेवा विभाग प्रमुख सागर दाहालले बताए ।
उनकाअनुसार उक्त खोप करिब एउटा अस्पतालमा पाँच सयको हाराहारीमा खोप मौज्दात रहेको छ । करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप दिइने विभागले जनाएको छ । ‘आज एक दिनमात्र हो,’ उनले भने,’ बाँकी रहेमा अस्पताल मिलाएर वितरण गर्छन् ।’ सम्भवतः खोप आज सकिन सक्ने उनले बताए ।
काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा फाइजर खोप लगाइने छ ।