× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंमा बजार अनुगमन तिब्र, १३ वटा पसलबाट १ लाख १० हजार जरिवाना असुली

    ४ वर्ष पहिले

    असोज-१९, नजिकिँदो चाडबाडलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा विभिन्न पसलहरुमा अनुगमन तीव्र पारेको छ ।

    आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्‍न सरोकारवाला निकायहरुबाट काठमाडौंका विभिन्‍न स्थानहरुमा कुल २५ वटा खाद्यान्‍न, लत्ता कपडा, तरकारी लगायतका पसलहरुमा गरिएको बजार अनुगमनको क्रममा कैफियत देखिएको १३ वटा पसलबाट कुल १ लाख १० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

    त्यसैगरी केही पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण माग गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।