× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा उत्पादित बिजुली भारत र बङ्गलादेश विक्रीको लागि प्रक्रिया अगाडि बढायो

    ४ वर्ष पहिले

    भदौ-३१, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

    यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ । विद्युतको माग भने बढीमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत् बङ्गलादेश र भारतलाई विक्रीको प्रक्रिया अघि बढाएको हो ।

    माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशारण लाइन १९५३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क छ ।

    मङ्गलबार सम्पन्न नेपाल–बङ्गलादेशबीचको ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथाबङ्गलादेशको विद्युत् उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।

    बैठकमा भारतीय एवं नेपाली पूर्वाधारको प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बङ्गलादेशमा विद्युत पु¥याउने लक्ष मन्त्रालयले राखेको उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

    बङ्गलादेशले तत्काल २०० मेगावाट विद्युत खरिद गर्ने भने पनि सन् २०४१ सम्ममा ९०० मेगावाट विद्युत खरिद गर्ने लक्ष राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट