

२४ भाद्र २०७८, शुक्रबार
भदौ-२५, तनहुँ आँबुखैरेनीका ब्यबसायी तथा समाजसेवी उदिप श्रेष्ठ एवं उहाँको अर्धांगिनी पुजन श्रेष्ठद्वारा चितवन मुग्लिनमा नवनिर्मित गणेश मन्दिरको लागि ढुङ्गाको कलात्मक गणेशको मूर्ति प्रदान गरेको छ ।

तनहुँ आँबुखैरेनी का सफल व्यवसायी तथा समाजसेवी उदिप श्रेष्ठ तथा उहाँको अर्धांगिनी एवं नेवाः खल आँबुखैरेनीकी अध्यक्ष पुजन श्रेष्ठले आफ्नै निवासमा नेवार गुठि समाज मुग्लिन का प्रतिनिधिहरुलाई सो मूर्ति हस्तान्तरण गर्नुभएको हो।

मूर्ति हस्तान्तरणको अवसरमा नेवाः खल आँबुखैरेनीकी अध्यक्ष पुजन श्रेष्ठले सामाजिक तथा धार्मिक उद्देश्यको लागि गणेश चतुर्थीको दिन मुग्लिनको गणेश मन्दिरको लागि गणेश को मुर्ति सहयोग गर्न पाउँदा सम्पुर्ण परिबारमा नै खुशी एवं गर्व महसुस भएको बताउनु भएकी थिइन् ।

त्यसैगरी नेवार गुठी समाज मुग्लिन एवं गणेश मन्दिर निर्माण समितिका सदस्य हेमलाल श्रेष्ठले विभिन्न सामाजिक कार्यमा धेरै पटक सहयोग गर्नुभएका व्यवसायी तथा समाजसेवी उदिप श्रेष्ठ तथा उहाँको अर्धांगिनी पुजन श्रेष्ठलाई यस पटकपनि सामाजिक एवं धार्मिक उद्देश्यका को साथ मूर्ति प्रदान गर्नुभएकोमा नेवा गुठि समाज तथा गणेश मन्दिरमा समिति मुग्लिन को तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
सो मूर्ति हस्तान्तरणको अवसरमा इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजु, नेवार गुठि समाज मुग्लिनका सदस्यहरु टिएन श्रेष्ठ, राजकुमार श्रेष्ठ एवं दीपक श्रेष्ठ समेत उपस्थित रहनु भएको थियो।