× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमसिसिलाई लक्षित गरी नकारात्मक टिप्पणी गर्नेमाथि सरकारले कारवाही गर्ने चेतावनी

    ५ वर्ष पहिले

    भदौ -२०,सरकारले एमसिसि परियोजनालाई लक्षित गरी विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको छ ।

    शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताएको छ ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

    विज्ञप्तिमा गृह मन्त्रालयले भनेको छ, ‘मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिब्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गंभीर ध्यानाकर्षण भएको छ ।’

    सुरक्षाविद् समेत रहेका डा.प्रेमसिंह बस्नेतले एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेको सन्दर्भमा अमेरिका बिरोधी गतिविधि हुन सक्ने, कालोझण्डा देखाउने, सामाजिक सञ्जालबाट समेत बिरोध बढ्ने भएकाले त्यसलाई रोक्नका लागि सरकारले जाल फ्याँकेको हुन सक्ने बताए ।

    गत साउन ३० गते स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले नुवाकोटमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाडेर विरोध जनाएकोप्रति लक्षित गर्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको हुन सक्ने बस्नेतले बताए ।

    नेपालमा एमसीसी परियोजनालाई लिएर अमेरिका बिरोधी प्रदर्शन अनि जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता पारेको विषयमा भारत विरोधी गतिविधि बढ्ने भएपछि गृहमन्त्रालयले कडा भाषामा विदेशी मित्रराष्ट्रलाई असर पर्ने र नेपालको कूटनीतिक मामिलामा असर पर्ने गरी सडक प्रर्दशन, सामाजिक सञ्जाल तथा मिडियाबाट हुने बिरोधलाई दवाउन सो विज्ञप्ति जारी गरेको विश्लेषण गरिएको छ ।

    नुवाकोटमा एमसीसीका लागि अधिग्रहण गरेको जग्गा स्वागत नेपालको पार्टीले कब्जाको घोषणा गर्नु, जुम्लाबाट विप्लव नेतृत्वको पार्टीले एमसीसीको बिरोध सुरु गर्नु र एमसीसीकी उपाध्यक्ष काठमाडौं आउन लागेकाले गृहमन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले बताए । रातोपार्टी को सहयोगमा