× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना–६ तुन्तेसमा अवस्थित विधालयमा पुस्तकालय स्थापना, मौसमका कारण महानायक राजेश हमाल अनुपस्थित

    ५ वर्ष पहिले

    भदाै-१४, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ तुन्तेसमा रहेको श्री राष्ट्रिय आधारभूत विधालयमा गत शनिबार के फाउण्डेसन ग्लोबलले पुस्तकालय स्थापना गरेको छ । सो गाउँमा अधिकतम पिछडिएको चेपाङ जाति बसोबास गर्ने गरिन्छ।

    कार्यक्रममा महानायक राजेश हमाल आउने योजना रहेको भएतापनि मौसमले साथ नदिएको ले उहाँ आउन नसकेको तर भिडियो सन्देश दिनुभएको, सो विधालयका प्रधानाध्यापक ज्योति गुरुङले बताउनुभयो।

    गाउँमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेसन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना गर्दा शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताए । आर्थिक र सामाजिक रुपमा पिछडिएको चेपाङ समुदायलाई शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए ।

    सो संस्थाले तुुन्तेस गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरि नागरिकको​ स्वास्थ्य जाँच पश्चात आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको औषधि वितरण गर्नुका साथै लत्ताकपडा वितरण गरेका थिए।

    कार्यक्रममा सो वडाका वडाध्यक्ष भुपेन्द्र चेपाङ तथा प्रधानाध्यापक ज्योति गुरुङले आफ्नो विद्यालयमा पुस्तकालय स्थापना गर्ने र विद्यार्थीलाई पोशाक तथा खेल सामग्री सहयोग गर्नेहरूप्रति धन्यवाद व्यक्त गरे ।