

१२ भाद्र २०७८, आईतवार
भदौ-१३, जिल्ला प्रशासन कार्यालय तनहुँले केही खुकुलो गरि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई के खुकुलो बनाउँदै जिल्लाभरि व्यवसायहरू बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन गर्न दिने भएको छ । यसअघि खाद्यान्न तथा अत्यावश्यक वस्तुका पसलहरु बिहान ५:०० बजेदेखि १०: बजेसम्म र अन्य व्यवसायहरु बिहानको १२:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र सञ्चालन गर्ने पाइने थियो।
यसैगरी जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातहरु बिहान ६:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्लाबाट मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधनको हकमा भने यातायात व्यवसायीको सिफारिसमा निश्चित संख्यामा सहजीकरण गरिने आदेशमा जनाएको छ।
धार्मिक स्थलहरुमा नित्य पूजा बाहेकका अन्य कार्य गर्न, भौतिक रुपमा उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, जात्रा र महोत्सव गर्न पूर्ण रुपमा रोक लगाइएको सुचनामा जनाएको छ।

