

४ वर्ष पहिले
 
                        भदौ-२, नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्दै माधवकुमार नेपाल पक्षले एमाले समाजवादी नामक दल दर्ताका लागि निवेदन दिएका छन्। नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले औपचारिकरुपमा विभाजित भएको हो ।
तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।
निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी नाममा नया दलको रुपमा निबेदन दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।