× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसी नियुक्त

    २७ श्रावण २०७८, बिहीबार

    २७ श्रावण २०७८, बिहीबार

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। केसीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन्।

    बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न बिहीवार ३ बजेसम्मको समयसिमा दिएका थिए।

    जस अनुसार केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद सहित ४२ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए।

    २०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी गत वैशाखसम्म प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका थिए।