× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको मुग्लिनमा बिहान १० बजे पछि खाद्यान्न पसल संचालनमा रोक अन्य ब्यबसाय संचालन गर्न पाइने

    २७ श्रावण २०७८, बिहीबार

    २७ श्रावण २०७८, बिहीबार

    साउन-२८,चितवनको इच्छाकामना गाउँपालिका स्थित मुग्लिन बजारमा बिहान १० बजे पछि खाद्यान्न पसल संचालनमा रोक लगाएको छ भने अन्य सबै प्रकारका ब्यबसाय संचालन गर्न दिइएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा पालना गराउने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनले आजबाट खाद्यान्न पसलहरुलाई बिहान १० बजे सम्म संचालन गर्न दिइएको छ भने अन्य ब्यबसाय जस्तै ठेला तथा फुटपाथ पसल, स्ट्रिट फुट पसल, सैलुन, व्यूटीपार्लर,इलेक्ट्रिक, भाँडा पसल, कपडा पसल, फेन्सि ,कस्मेटिक पसल, स्टेशनरी, टेलरिङ, सुनचाँदी पसल, निर्माण सामग्रीलगायतका व्यापारिक पसलहरु, खाजाघर, रेष्टुरेन्ट तथा मिठाइपसलहरु निर्वाध रुपमा संचालन गर्न दिएको छ ।