× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    तालिवानद्वारा तेस्रो प्रान्तीय राजधानी कुन्दुज पनि कब्जा

    ५ वर्ष पहिले

    साउन-२४, तालिवानले उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको राजधानी कुन्दुज शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर र शनिबार ज्वोजान प्रान्तको राजधानी सेबर्घान शहर नियन्त्रणमा लिएको थियो।

    तालिवानले दुई दिनमा अफगानिस्तानको तेस्रो प्रान्त कुन्दुजको राजधानी कुन्दुज शहर नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ।

    तालिवानले प्रहरी प्रधान कार्यालय, गभर्नरको कार्यालय, जेल तथा अन्य सरकारी कार्यालयहरु कब्जामा लिइसकेको जनाएको छ । लडाँइमा तालिवान विजयी हुन थालेसँगै सर्वसाधारणहरु एकपछि अर्को गर्दै गाउँ छाडेर हिड्न थालेका जनाइएको छ।